काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीले भेट गरेका छन् । भेटमा उनीहरुदे आफूहरुले भोगिरहेको समस्याबारे ध्यानाकर्षण पनि गराएका छन् ।
त्यसमा एक्सन लिन गृहमन्त्री लेखकले सकारात्मक प्रतिक्रिया जनाएका थिए ।
पछिल्लोसमय एलिना र समीक्षाले सामाजिक सञ्जालमा अमर्यादित कमेन्ट गर्ने प्रयोगकर्ताहरूको ‘फेसबुक प्रोफाइल’ सामाजिक सञ्जालबाटै सार्वजनिक गरिरहेका छन्। निजी जीवनका कुरालाई लिएर सामाजिक सञ्जालमा अभद्र कमेन्ट गर्नेहरूविरूद्ध सोमबार मात्रै गायिका एलिना नेपाल प्रहरीको साइबर ब्युरोमा पुगेकी थिइन् ।





























प्रतिक्रिया