काठमाडौं । पत्रकार दिलभूषण पाठक २५ हजार धरौटीमा रिहा भएका छन् ।
साइबर अपराधको मुद्दामा काठमाडौं जिल्ला अदालतले पाठकलाई २५ हजार धरौटीमा रिहा आदेश दिएको हो । उनी बिहीबार बिहान मात्रै काठमाडौं जिल्ला अदालतमा हाजिर भएका थिए । उनको आजै बयान लिएर थुनछेक बहस भएको हो ।
पत्रकार पाठकले ‘टफ टक विथ् दिलभूषण पाठक’ नामको युट्युब च्यानलमार्फत हिलटन होटल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाबारे भिडिओ रिपोर्ट प्रसारण गरेका थिए । त्यही भिडिओबारे उजुरी परेपछि उनीविरूद्ध साइबर ब्युरोले पुर्जीसमेत लिएको थियो । तर, असार ५ गते उच्च अदालत पाटनले पक्राउ नगर्न भनेको थियो।





























प्रतिक्रिया