काठमाडौं । १० करोड रुपैयाँ बराबरको चेक बाउन्सको कसुरका पक्राउ परका गुण्डा नाइके राजु गोर्खालीमाथि थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले सोमबार गोर्खालीलाई चन्द्रागिरीबाट पक्राउ गरेको थियो । आज काठमाडौं जिल्ला अदालतले ५ दिन हिरासत राखेर अनुसन्धान गर्न म्याद दिएको हो ।
गोर्खाली २०७९ सालको प्रतिनिधिसभा चुनावमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार सिफारिसमा समेत परेका थिए ।





























प्रतिक्रिया