काठमाडाैं । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ।
आफ्नो दायित्वमा पर्ने रकम बराबरको धरौटी रकम बुझाउँदा पनि जिल्ला अदालत रूपन्देहीले छाड्न अस्विकार गरेपछि लामिछाने उच्च पुगेका हुन् । सोही निवेदनमाथि आज न्यायाधीश सागर विष्टको इजलासमा सुनुवाइ हुने भएकाे हाे ।
लामिछानेले थुनामुक्त गर्न माग गरी आफ्नो दायित्वमा पर्ने दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको धरौटी गत साउन १९ गते जिल्ला अदालतमा बैंक ग्यारेन्टीसहित निवेदन दिएका थिए।































प्रतिक्रिया