काठमाडौं । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको रिटमाथिको सुनुवाइ सकिएको छ ।
उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्ययायाधीश सागर विष्टको इजलासमा लामिछानेका तर्फबाट दिइएको निवेदनमाथि सुनुवाइ सकिएको हो । अबको केहीबेरमा आदेश आउनेछ ।
आफ्नो दायित्वमा पर्ने रकम बराबरको धरौटी रकम बुझाउँदा पनि जिल्ला अदालत रूपन्देहीले छाड्न अस्विकार गरेपछि लामिछाने उच्च पुगेका हुन् । उनले थुनामुक्त गर्न माग गरी आफ्नो दायित्वमा पर्ने दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको धरौटी गत साउन १९ गते जिल्ला अदालतमा बैंक ग्यारेन्टीसहित निवेदन दिएका थिए।





























प्रतिक्रिया