समृद्धिका लागि २ दिने नीति सम्मेलन गर्दै चैतन्य एकेडेमी

समृद्धिका लागि २ दिने नीति सम्मेलन गर्दै चैतन्य एकेडेमी

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । काठमाडौंको शंखमूलस्थित चैतन्य एकेडेमीले प्रत्येक वर्ष झैँ यस वर्ष पनि समृद्धि बहसको आयोजना गर्ने भएको छ। विगत १३ वर्षदेखि समृद्धि बहस गर्दै आएको एकेडेमीले यस वर्ष भदौ २७ र २८ भाद्रमा धुलिखेलस्थित होटल हिमालय दृश्यमा कार्यक्रम गर्ने भएको हो। कार्यक्रमको उद्घाटन पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गर्नेछन् ।

यस वर्ष ‘नीतिदेखि समृद्धिसम्म, राष्ट्र निर्माणको अथक यात्रा’ नाराका साथ कार्यक्रम गरिने चैतन्य ग्रुपका सीईओ गणेश प्रसाद जोशीले बताए। विभिन्न क्षेत्रका विज्ञको सहभागितामा आगामी राष्ट्रिय सेमिनार आयोजना हुने उनको भनाइ छ।

विभिन्न क्षेत्रका विज्ञको सहभागितामा आगामी राष्ट्रिय सेमिनार आयोजना हुने उनको भनाइ छ। सेमिनारमा नेपाल सरकारका उच्चपदस्थ कर्मचारी, राजनितिज्ञ, स्थानिय सरकार प्रतिनिधि, तीनैतहका सरकारका जिम्मेवार व्यक्तितत्वहरू र निजी क्षेत्रसम्मका सरोकारवालाहरूको सहभागिता रहने जोशीले जानकारी दिए।

कार्यक्रमको मूल भाव नै देशमा सुशासन, विकास र समृद्धि कसरी हासिल गर्न सकिन्छ भन्ने रहेको उनले बताएका छन्। आमनेपालीहरूको समृद्धिको चाहना परिपूर्ति गर्न त्यसलाई वास्तविकतामा उतार्ने वा यसलाई यथार्थपरक तुल्याउने आधारहरू के हुन्, समृद्धिका आधारहरू के हुन् भन्ने विषय खोतल्दै जिम्मेवार निकायलाई थप कर्तव्यबोध तुल्याउनु कार्यक्रमको लक्ष्य हो,’ जोशीले भने।

उनले कार्यक्रममा सहभागीताका लागि पनि सम्बद्ध पक्षलाई आग्रह गरेका छन्। ‘कार्यक्रममा देशमा उपलब्ध थिङ्क ट्यांकहरू जसले अर्थशास्त्रको परिप्रेक्ष्यबाट देशको समृद्धिलाई बुझ्नुभएको छ, जसले समाजशास्त्रको दृष्टिबाट समृद्धिलाई बुझ्नुभएको छ, जसले शिक्षाको क्षेत्रबाट देशको समृद्धिलाई बुझ्नुभएको छ। स्वास्थ्यको क्षेत्रबाट, राजनीतिको क्षेत्रबाट देशको समृद्धिलाई बुझ्नुभएको छ। अर्थात् मानव जीवनका अत्यन्त महत्त्वपूर्ण अन्तरसम्बन्धित विषयवस्तु, जो समग्र समृद्धिका निम्ति अहम् छन्, ती विषयहरूमा चिन्तन गरिने एउटा बौद्धिक चिन्तकका रूपमा यो कार्यक्रम सञ्चालन हुँदै आएको छ र अहिलेको कार्यक्रम पनि त्यसकै निरन्तरता हो,’ उनी भन्छन्।

Logo