काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले आफ्नो जिम्मेवारी निष्ठा, पेसागत अनुशासन, र पारदर्शिताका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बिहीबार औपचारिक रूपमा आफ्नो पदभार ग्रहण गर्दै “नेपाल सरकार र गृहमन्त्रालयले मलाई सुम्पेको यो जिम्मेवारी मेरो निष्ठा, पेसागत अनुशासन, र पारदर्शिताको भावनाका साथ प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।” उनले प्रहरी सेवामा बिताएको तीन दशक लामो संघर्षपूर्ण यात्रालाई पनि स्मरण गरे।
साेमबार नै गृहसचिव गोकर्णमणि दुवाडीले उनलाई दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।
सरकारले खापुङलाई भदौ १३ गते आईजीपी पदमा नियुक्त गरेको थियो। यसअघिका प्रहरी महानिरीक्षक दीपक थापा बुधबारदेखि अनिवार्य अवकाशमा गएका थिए।































प्रतिक्रिया