काठमाडौँ । संघीय संसदको बैठक अब नयाँ बानेश्वरको संसद भवनमा नबस्ने भएको छ। आगामी पुससम्म सिंहदरबारमा निर्माणाधीन नयाँ संसद भवनको काम सम्पन्न भएपछि नयाँ भवनमा बस्ने भएको हो।
मन्त्रीहरूले बानेश्वरको भवनलाई पुरानै स्वरुपमा निर्माण गरिने बताएका छन्। संघीय संसदका दुई सदनको बैठक अब नयाँ बानेश्वरको संसद् भवनमा नबस्ने भएको छ । जेनजी प्रदर्शनका क्रममा आगजनीबाट क्षतिग्रस्त संघीय संसद् भवनको निरीक्षण गर्दै अन्तरिम सरकारका मन्त्रीहरुले संसद् भवनलाई पुरानै स्वरुपमा पुननिर्माण गरिने भएपनि संघीय संसदको बैठक अब नयाँ भवनबाट सञ्चालन गरिने जानकारी दिएका हुन् ।
निरीक्षणपछि ऊर्जा, भौतिक तथा शहरी विकासमन्त्री कुलमान घिसिङले आगामी पुससम्म सिंहदरबारमा निर्माणाधीन नयाँ संसद भवनको काम सम्पन्न हुने र त्यही नै संसदको बैठक बस्ने जानकारी दिए । नयाँ निर्वाचित हुने सांसदहरुले अव सिंहदरबारकै संसद भवनबाट काम गर्ने उनले बताए ।
उनले आन्दोलनकारीको आक्रमण र आगजनीबाट ध्वस्त भएको बानेश्वरको भवन पनि पुरानै स्वरुपमा निर्माण गरिने बताए । मन्त्री घिसिङले तत्कालै सरसफाइ कार्य सुरु गरेर डिजाइनको प्रक्रियामा अघि बढ्ने र अल्पकालीन दिर्घकालीन योजनामा पुननिर्माण सुरु गरिने जिकिर गरे ।
मन्त्री घिसिङका साथै अर्थमन्त्री रामेश्वर खनाल, गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले संसद भवनको निरीक्षण गरेका हुन् ।





























प्रतिक्रिया