गणेशमानलाई सम्झिँदै प्रकाशमानले भने- जेनजी आन्दाेलनमा दलहरुको योगदान मेटाउन खोजियो

गणेशमानलाई सम्झिँदै प्रकाशमानले भने- जेनजी आन्दाेलनमा दलहरुको योगदान मेटाउन खोजियो

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक एवं २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको सालिकमा माल्यार्पण गरिएको छ ।विहीबार बिहान गणेशमान सिंहको २८ औँ स्मृति दिवसको अवसरमा शोभा भगवती स्थित गणेशमान सिंहको सालिकमा पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह लगायतले माल्यार्पण गरेका हुन् ।

माल्यार्पणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले गणेशमान सिंहले जनताको अधिकारका सम्बन्धमा कसैसँग सम्झौता नगरेको बताए । उनले भने,‘जनतालाई अधिकार दिलाउन उहाँले गर्नुभएको जुन योगदानहरु छन् । देश र जनताका लागि उहाँले गर्नुभएको योगदान महत्वपूर्ण छ । जनताको अधिकारका सम्बन्धमा कसैसँग सम्झौता गर्नुभएन । नेपालमा प्रजातन्त्र स्थापना गर्न उहाँले १५ वर्षभन्दा लामो समय जेल जीवन बिताउनु भएको थियो । यसबाट पनि थाहा हुन्छ ।

उहाँले कति धेरै संघर्ष कति गर्नुभएको छ, त्यहिँ बाट थाहा हुन्छ । ’त्यस्तै उनले जेनजी आन्दोलनको कभरअपमा दल र दलले गरेको योगदान केही होइन् भनेर देखाउने दुष्प्रयास भएको पनि बताए । त्यसैले जेनजी आन्दोलनमा भएका गतिबिधिहरुको छानबिन हुनुपर्ने माग समेत गरे।
‘जेनजी आन्दोलनको कभरअपमा दल र दलले गरेको जुन योगदान छ त्यो योगदान केही होइन् भनेर देखाउने दुष्प्रयास भइरहेको छ । त्यसैले अहिले यसको राम्रोसँग छानविन गर्न आवश्यक छ । जसले दुष्प्रयास गरिरहेको छ त्यसमा सरकार र पार्टी दुवै सजक हुनुपर्छ ।’

Logo