सुनसरीमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा २ जनाको मृत्यु, २० घाइते

सुनसरीमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा २ जनाको मृत्यु, २० घाइते

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ मा रोकिराखेको ट्रकमा बस ठोक्किँदा २ जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश–१–०२–००२ ख ०९४९ नम्बरको यात्रुवाहक बसले सडक छेउमा रोकी राखेको ना ६ ख ३७३३ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो । दुर्घटनामा अन्दाजी ४० वर्षीय एक जना पुरुष र ४५ वर्षकी महिलाको मृत्यु भएको छ । उनीहरूको सनाखत हुन बाँकी छ ।

घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Logo