काठमाडौँ । जुम्लाको हिमा गाउँपालिकाका जनप्रतिनिधिले आफ्नो तलब बाट पुर्ननिर्माण कोषमा सहयोग गर्ने भएका छन् ।
जेन–जी पुस्ताको आन्दोलन बाट भएको क्षतिको पुननिर्माणका लागि त्यहाँका जनप्रतिनिधिहरुले साढे ११ लाख रुपैयाँ राष्ट्रिय पुनःनिर्माण कोषमा जम्मा गर्ने भएका हुन् । गाउँपालिकाका जनप्रतिनिधिको ६ दिन र कर्मचारीको ३ दिनको तलब पुनःनिर्माण कोषमा सहयोग गर्ने निर्णय भएको पालिका कार्यालयले जनाएको छ ।
गाउँ कार्यपालिको बैठकले मुलुकको पुनःनिर्माणमा पालिकाकोको तर्फबाट उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो । गाउँपालिकामा कार्यरत शिक्षक, कर्मचारी र जनप्रतिनिधिहरूको तलब भत्ताबाट उक्त रकम संकलन गर्ने निर्णय लिएको हो ।
गाउँपालिकाका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूको तीन ९३० दिनको तलब बराबर र जनप्रतिनिधिहरूको छ ९६० दिनको तलबभत्ता बराबरको रकम कट्टा गरी ११ लाख ४३ हजार २९७ रुपैयाँ जम्मा कोषमा जम्मा गरिनेछ ।
जेन–जी आन्दोलनका क्रममा भएको क्षतिको पुनःनिर्माणमा सहयोग पु¥याउन गाउँपालिकाको तर्फबाट रकम जम्मा गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले बताए । उनले भने ‘सहानुभुति र सहयोगका भावनाबाट प्रेरित भई, गाउँपालिकाको परिवारले साझा जिम्मेवारी स्वरूप यो योगदान दिएको छ’। जनताको मर्म बुझ्ने, जनताका सुख–दुखमा साथ दिने र समाधानमुखी प्रशासनिक व्यवस्था स्थापनाका लागि गरिएको प्रतिबद्धता अनुरुप पुर्ननिर्माणमा सहभागि हुने निर्णय गरिएको शाहीको भनाई छ।
बैठकले मृतकलाई श्रद्धाञ्जली र परिवारमा समेवेदना तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।





























प्रतिक्रिया