आफैं कारागार फर्किए टोपबहादुर रायमाझी

आफैं कारागार फर्किए टोपबहादुर रायमाझी

केन्द्रबिन्दु
87
Shares

काठमाडौं । जेन-जी आन्दोलनको क्रममा भागेका पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी कारागार फर्किएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका उनी सोमबार साँझ सुन्धारा कारागार फर्किएका हुन्। उनी स्वयं कारागार फर्किएकाे बताइएकाे छ ।

नख्खु कारागारबाट भागेका कैदीबन्दीहरूले पछि केन्द्रीय कारागार पुगेर तोडफोड गरेका थिए।

Logo