‘दशैं विगतजस्तो छैन, इन्टरनेटले सम्बन्धहरुलाई टाढा बनाएजस्तो लाग्छ’

‘दशैं विगतजस्तो छैन, इन्टरनेटले सम्बन्धहरुलाई टाढा बनाएजस्तो लाग्छ’

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । सिमेन्ट उत्पादक संघका अध्यक्ष एवम उद्योगी नघुनन्दन मारु यसपालीको बडादशैंमा तिर्थयात्राको योजनामा छन् ।

भारतका केही महत्वपूर्ण धार्मिक स्थलहरुको पारिवारिक भ्रमण गरेर दशैं मनाउने योजना रहेको सुनाउँछन् ।विगतको दशैं र अहिलेको दशैंमा धेरै भिन्नता पाएको बताउँदै उनले इन्टरनेटका कारण मानिसहरुबीचको प्रत्यक्ष सम्बन्धमा दरार आएको उनी बताउँछन् । विगतमा विराटनगरको पूरानो घरमा बसेर सामूहिक रुपमा दशैं मनाउँथ्यौं । हिजोआजको दशैं विगतमा जस्तो छैन् ।

क्लोजनेश हुन छाड्यो । इन्टरनेट वा एआइका कारण नजिक भएर पनि कम्युनिकेशन नहुँदा सम्बन्ध टाढा भएजस्तो लाग्छ, उनले भने ।बलि प्रथाप्रति अरुचि राख्ने उनी पूर्ण रुपमा शाकाहारी रहेको बताउँछन् । मैंले धेरै साथीहरुलाई भेजिटेरियन बनाएको छु । जन्मजात ननभेजिटेरियन्ट भएका साथीहरुलाई भेजिटेरियन बनाएको छु । जसका कारण साथीहरुले मलाई बधाई समेत दिनुहुन्छ, उनले भने ।

Logo