आईजीपीले ‘राजीनामा दिन्छु’ भनेको खबर निराधार -नेपाल प्रहरी

आईजीपीले ‘राजीनामा दिन्छु’ भनेको खबर निराधार -नेपाल प्रहरी

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । नेपाल प्रहरीले प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङले ‘राजीनामा दिन्छु’ भनी विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारहरू झूटा र भ्रामक रहेको स्पष्ट पारेको छ ।

प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै आईजीपी खापुङको राजीनामाको विषयमा आएका समाचारहरूमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा आईजीपी खापुङले ‘पूर्व प्रधानमन्त्री के.पी. शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब सृजना गरिए वा बाध्य बनाइए राजीनामा दिन्छु’ भन्ने आशयका समाचारहरू आधारहीन रहेको उल्लेख छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार, प्रहरी महानिरीक्षक खापुङले केही यस्तो आशय झल्किने अभिव्यक्ति वा जानकारी गराएका छैनन् । उनले ‘प्रधानमन्त्री र गृहमन्त्रीसँग भएका सुरक्षा बैठक र प्रतिवेदनहरूमा समसामयिक घटनाक्रमहरू वा सोबाट सृजित सुरक्षा चुनौतीहरूको बारेमा विश्लेषण गर्दै शान्ति सु-व्यवस्था कायम गर्ने विषयमा मात्र केन्द्रित भई सौहार्दपूर्ण छलफल गरेको’ व्यहोरा विज्ञप्तिमा स्पष्ट पारिएको छ ।

Logo