अमनप्रताप अधिकारीको स्पष्टीकरण- निरंकुश साशकहरुले चलाएको देश अब सकियो भनेको हुँ

अमनप्रताप अधिकारीको स्पष्टीकरण- निरंकुश साशकहरुले चलाएको देश अब सकियो भनेको हुँ

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । जेनजी आन्दोलनमा सहभागी भएको एक भिडियो बाहिरिएपछि चर्को आलोचना खेपेका पूर्वफुटबल खेलाडी अमनप्रताप अधिकारीले अन्ततः त्यस विषयमा स्पष्टीकरण दिएका छन्। उनले आफ्नो भनाइलाई राजनीतिक लडाईं नभई भ्रष्टाचार र अन्यायविरुद्धको साझा आवाजका रूपमा बुझ्न आग्रह गरेका छन्।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा अधिकारीले प्रयोग गरेको भाषाशैलीप्रति जनस्तरबाट व्यापक आलोचना भएको थियो। यसै सन्दर्भमा उनले आजमा एक भिडियाेमार्फत जवाफ दिएका हुन्।

उनले भनेका छन्, “मैले भनेको केवल यति हो, त्यो पाशविक दमनको युग समाप्त भयो, र देशमा एउटा नयाँ युगको सुरुवात भयो। भाद्र २३ मा जसले हाम्रा निहत्था बच्चाहरूको रगत बगायो, त्यो मानवताहीन र निरङ्कुश शासन सकियो भनेको हुँ। कृपया, मेरो भावनालाई अन्यथा नलिइदिनु होला।”

उनले जेनजी आन्दोलनलाई कुनै राजनीतिक लडाइँ नभई भ्रष्टाचार र अन्यायविरुद्ध उठेको हामी सबैको साझा आवाज भएको दाबी पनि गरेका छन्।

अमनप्रताप विभिन्न चर्चित शाेका निर्देशक, कवि, कमेन्टेटर हुन् । ‘दिस इज हाउ संसद् भवन वाज टेकेन डाउन’ भन्दै उनले बनाएको त्यो भिडियो सामाजिक सञ्जालमा राखेका थिए । भदौ २४ गतेको विध्वंसको साक्षी बन्दै गरेको भिडियो राख्दै उनले सञ्जालमै खुशीयाली मनाएको दृश्य देख्न सकिन्छ । भिडियोमा उनले बोलेका छन्, ‘देखिस्, जल्यो तेरो देश…।’ सामाजिक सञ्जालमा उनको याे भिडियोलाई देश वा राज्यविरुद्धको अभिव्यक्ति भनेर आलोचना गरिएको थियो।

Logo