पाँचथरमा छोराको हत्या गर्ने बुबा पक्राउ

पाँचथरमा छोराको हत्या गर्ने बुबा पक्राउ

केन्द्रबिन्दु
15
Shares

पाँचथर । आफ्नै छोरा लाई हत्या गरेको आरोपमा पाँचथर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । १७ वर्षीय छोरा सफल लिम्बुको हत्या गरेको अभियोगमा मिक्लाजुङ गाउँपालिका ८ भदौरे बस्ने ५२ वर्षीय बखत सिंह लिम्बुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

आफ्नै घर नजिकैको बारीमा भरूवा बन्दुकले प्रहार गर्दा सफलको घटनास्थलमै मृत्यु भएको हो । उक्त खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट दुर्दिम्बाबाट खटिएको प्रहरीले उनलाई भरूवा बन्दुक सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Logo