काठमाडौँ । जेनजीहरुको आन्दोलनको मौका छोप्दै मकवानपुरको भीमफेदी कारागार तोडफोड गरेर भागेका १५७ जना कैदीबन्दी अझैसम्म फरार रहेका छन् । कारागार प्रशासनले दिएको जानकारी अनुसार फरार ४४० मध्य मंगलबार सम्म १५७ जना कैदीबन्दी अझैसम्म फरार रहेका हुन् । यस्तै २२ जना अन्य कारागारमा दाखिला भएका छन् ।
फरार रहेका कैदीबन्दीको तीव्र खोजी भइरहेको कारागार प्रशासक सुवास पौडेलले जानकारी दिएका छन् । यस्तै पौडेलले छिटो सम्पर्कमा आउन समेत फरार बन्दीहरुलाई आग्रह गरेका छन् । फरार कैदीबन्दी लाई लुकाउने ,छिपाउने गरेको पाहिएमा कारागार ऐन अन्र्तगत कारर्बाही हुने समेत पौडेलले बताएका छन् ।
अन्य कारागारबाट फरार भई पक्राउ परेका कैदीबन्दीहरुसमेत भीमफेदी कारागारमा राखिएको छ । आन्दोलनका बेला कारागारका क ब्लक र ख ब्लक दुबै तोडफोड गरी कैदीबन्दी फरार भएका थिए । यस्तै सुरक्षाकर्मी र कैदीबन्दीबीच लगातार ४ घण्टासम्म कारागारमा झडप भएको थियो ।
झडपमा सेना र सशस्त्र प्रहरीले २०० भन्दा बढी हवाई फायर गरेको थियो । कैदीबन्दीहरुले कारागारको पश्चिम तर्फको पर्खाल भत्काएर भागेका थिए ।





























प्रतिक्रिया