काठमाडौं । सर्वोच्च अदालतले जेनजी आन्दोलनका क्रममा भएका तोडफोड र क्षतिमा संलग्नहरूलाई कारबाहीको माग गरी प्रहरीमा जाहेरी दिने भएको छ ।
फूल कोर्टको बैठकले देशैभरका अदालतमा भएको तोडफोड र क्षतिमा संलग्नहरूलाई कारबाहीको माग गर्दै जाहेरी दिने निर्णय गरेको हो । तर जाहेरी दिने काममा न्यायाधीश नभई सर्वोच्च अदालत प्रशासनका उच्च अधिकारीहरू संलग्न हुने बताइएको छ ।
जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतसहित देशैभरका अधिकांश न्यायिक संरचनामा आगजनी र तोडफोड भएको थियो । तीन दिनसम्म लागेको आगजनीले सर्वोच्चमा रहेका करिब २० हजार चलिरहेको मुद्दा फाइल र १ लाख ९७ हजारभन्दा बढी फैसला फाइलहरू जलेर नष्ट भएका छन् ।





























प्रतिक्रिया