रामेछापको लक्ष्मिबासमा एक घरमा आगलागी हुँदा सबै सम्पत्ति नष्ट

रामेछापको लक्ष्मिबासमा एक घरमा आगलागी हुँदा सबै सम्पत्ति नष्ट

केन्द्रबिन्दु
6
Shares

रामेछाप । रामेछाप नगरपालिका–३, लक्ष्मिबास महत टोलका खटबहादुर महतको घर गए राति आगलागी हुँदा सम्पूर्ण धनमाल जलेर नष्ट भएको छ ।

आगलागीबाट घरमा रहेका लत्ताकपडा, अन्नपात, नगद तथा गहनलगायत सम्पूर्ण सामानहरू जलेर पूर्णरुपमा क्षति भएको पीडितले बताए । घर जलेपछि बस्ने बास र खाने कुराको समेत सङ्कट भएको उनले जानकारी दिए ।

पीडित परिवारले उद्धार, राहत र बसोबासको व्यवस्था मिलाइदिनुहुन सम्बन्धित सबै निकायहरूमा अनुरोध गरेका छन् ।

Logo