सर्लाहीमा ट्याक्टरले किचेर चार बर्षिय बालकको मृत्यु

सर्लाहीमा ट्याक्टरले किचेर चार बर्षिय बालकको मृत्यु

केन्द्रबिन्दु
9
Shares

मलंगवा । सर्लाहीमा ट्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको हरिपुर्वा नगरपालिका–३, धनकौल निवासी राम प्रवेश रायका छोरा चार वर्षीय आर्यन राय रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गएराति अस्थायी नम्बर प्लेट (ना.अ.प.अ.) ३७८ नम्वरको ट्याक्टरको ट्रलीले किचेर उनको मृत्यु भएको हो। घरमा पार्किङ गर्ने क्रममा ट्रलीमा चढेका बालक त्यहाँबाट खस्दा ट्रलीको चक्काले किचेर उनको मृत्यु भएको हो ।

मृतक बालकको शव पोस्टमार्टमका लागि सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा राखिएको छ । दुर्घटनापछि चालक फरार भएका छन् भने उनको खोजि कार्य भईरहेको छ । यस सम्बन्धि अनुसन्धान भईरहेको छ ।

Logo