काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आज सर्वोच्च अदालतमा उपस्थित गराइने भएको छ ।
बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइका लागि उनलाई सर्वोच्चमा उपस्थित गराउन लागिएको हो । सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमाथिको पेशी भएको र शुक्रबार २४ घण्टामा उपस्थित गराउन आदेश गरेको थियो ।
प्रहरीले गत मङ्सिर १ गते प्रसाईंलाई पक्राउ गरेर सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ ।





























प्रतिक्रिया