जेनजी आन्दोलनबारे सशस्त्रका आईजीपी अर्यालसँग बयान लिइँदै

जेनजी आन्दोलनबारे सशस्त्रका आईजीपी अर्यालसँग बयान लिइँदै

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । जेनजी आन्दोलनमा भएका विध्वंशबारे जाँचबुझ गर्न गठित आयोगले आजदेखि सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसँग बयान लिने भएको छ ।

गत भदौ २३ र २४ मा भएको आन्दोलनमा सशस्त्र प्रहरीको भूमिकाबारे अर्याललाई बोलाएर आयोगले बयान लिन लागेको हो। आन्दोलनका क्रममा सशस्त्र प्रहरीकै बानेश्वरको गुल्म लगायत कार्यालयबाट त हतियार र गाडी समेत लुटिएको थियो ।

यी विषयमा आयोगले फिल्डमा खटिएका सशस्त्र प्रहरी र कार्य विभागका एआइजी नारायणदत्त पौडेलसँग बयान लिइसकेको छ। अब आईजीपी अर्यालसँग समेत सोधपुछ गर्न लागिएको हो ।

Skip This
Skip This
Logo