काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्ट्राचार मुद्दामा नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई पाँच लाख धरौटीमा रिहा गर्न विशेष अदालतले आदेश दिएको छ ।
विशेष अदालतका न्यायाधीशद्वय अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश डिल्लीराज श्रेष्ठको इजलासले पदीय हैसियत, आरोप दाबी र संलग्नतालाई हेरेर अधिकारीलाई पाँच लाख धरौटी हुने आदेश गरेको हो ।
यसअघि विशेष अदालतले प्राधिकरणका महानिर्देशक अधिकारीलाई भक्तपुरको नलिन्चोकस्थित हेलिपोर्ट निर्माणमा भने पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो। उक्त आदेशपछि उनी हाल डिल्लीबजार कारागारमा छन्। भक्तपुरको नलिञ्चोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा मंसिर १७ गते उनीहरूविरूद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।
महानिर्देशक अधिकारी अर्को मुद्दामा यसअघि नै पुर्पक्षमा थुनामा रहेका कारण धरौटी नतिरेको पाइएकाे छ ।





























प्रतिक्रिया