काठमाडाैं । अमेरिकाले ‘डाइभर्सिटी भिसा’ (डीभी) लोटरी कार्यक्रम स्थगित गरेको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा गृह सुरक्षा विभागले डीभी कार्यक्रमलाई तत्कालका लागि स्थगित गरेको हाे । हालै रोड आइल्याण्डस्थित ब्राउन युनिभर्सिटीमा भएको घातक गोलीकाण्डमा संलग्न संदिग्ध व्यक्ति सोही कार्यक्रममार्फत अमेरिका प्रवेश गरेको खुलेपछि यो कदम चालिएको हो।
गृह सुरक्षा प्रमुख क्रिस्टी नोमले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनिन्, “ब्राउन युनिभर्सिटी गोलीकाण्डका संदिग्ध क्लउडियो म्यानुअल नेभ्स भ्यालेन्टे सन् २०१७ मा डीभी-१ कार्यक्रम मार्फत अमेरिका आएका थिए। राष्ट्रपति ट्रम्पको निर्देशनमा मैले तत्काल लागू हुने गरी यो कार्यक्रम स्थगित गर्न निर्देशन दिएकी छु।”
गत हप्ता ब्राउन युनिभर्सिटीमा भएको अन्धाधुन्ध गोली प्रहारमा दुई विद्यार्थीको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए। जसका मुख्य आराेपी व्यक्ति ४८ वर्षीय पोर्चुगाली नागरिक हुन्। उनी दुई दशकअघि ब्राउन युनिभर्सिटीमै विद्यार्थी रहेका थिए र पछि डीभी लोटरी मार्फत ‘ग्रीन कार्ड’ प्राप्त गरेका थिए।































प्रतिक्रिया