नोबेल मेडिकल कलेजको भवनबाट खसेका ३४ वर्षीय इन्टर्न डाक्टर अमित यादवको उपचारको क्रममा मृत्यु

नोबेल मेडिकल कलेजको भवनबाट खसेका ३४ वर्षीय इन्टर्न डाक्टर अमित यादवको उपचारको क्रममा मृत्यु

केन्द्रबिन्दु
36
Shares

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका ३४ वर्षीय इन्टर्न डाक्टर अमित यादवको उपचारको क्रममा मृत्यु भएको छ। यादव सप्तरी, राजविराज–९ का निवासी हुन्।

प्रहरीका अनुसार यादव आइतबार बिहान करिब ६ः३० बजे मेडिकल कलेजको पाँचौँ तलाबाट खसेर घाइते भएका थिए। उनको टाउकोमा गम्भीर चोट लागेको र तत्काल आकस्मिक कक्षमा भर्ना गरी उपचार सुरु गरिएको थियो।

तर उपचारकै क्रममा बिहानै उनको निधन भएको अस्पताल व्यवस्थापक दिपेश राईले जानकारी दिएका छन्। यादव नोबेल मेडिकल कलेजमा एमबीबीएस इन्टर्न डाक्टरका रूपमा कार्यरत थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Logo