अमेरिकामा नेपाली गायन–नृत्य प्रतियोगिताः आर्या र खुसी प्रथम

अमेरिकामा नेपाली गायन–नृत्य प्रतियोगिताः आर्या र खुसी प्रथम

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ। अमेरिकाका सात सहरमा बस्ने नेपाली प्रतिभाबीच भएको गायन–नृत्य प्रतियोगितामा कोलम्बसकी १३ वर्षीय आर्या खनाल गायनतर्फ प्रथम भएकी छिन् भने नृत्यतर्फ कोलम्बसकै १३ वर्षीय खुसी अधिकारी विजयी भएकी छन्।

प्रतियोगितामा सिन्सिनाटीका दिगान्त गुरुङ गायनतर्फ दोस्रो भए भने ल्यान्कास्टरकी आयुसा चापागाई नृत्यतर्फ दोस्रो भइन्। कोलम्बसका कुञ्जन सुवेदी तेस्रो, ह्यारिसवर्गकी सामन्था क्षेत्री नृत्यतर्फ तेस्रो भएकी छन्।

प्रतियोगिता इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा ओहायोको एक्रोनमा डिसेम्बर २०–२१ मा सम्पन्न भएको हो। विजेताहरूले पुरस्कार र प्रमाणपत्रसहित नगद पुरस्कार पनि पाएका छन्।

कार्यक्रमले अमेरिकामै जन्मेका नेपाली बालबालिका र किशोर–किशोरीलाई नेपाली कला–संस्कृतितर्फ आकर्षित गर्ने उद्देश्य राखेको छ।

Logo