काठमाडौं । गीता प्रेस नेपालको संयोजनमा पौष ११ र १२ गते दुई दिन माहेश्वरी भवन नक्सालमा जीवन उपयोगी सत्संग एवं प्रार्थना कार्यक्रम हुने भएको छ ।
सन्त शिरोमणी ब्रह्मलीन सन्त स्वामी रामसुखदासजी महाराजको अन्तिम समयसम्मसँगै रहेका सन्त श्री हरिकृष्ण दासजी महाराजद्वारा २६ डिसेम्बर २०२५ देखि ३ जनवरी २०२६ सम्म विराटनगरमा जीवन उपयोगी सत्संग समारोह हुन लागेको र सोही क्रममा काठमाडौंमा पनि हुन लागेको हो ।
यस द्विदिवसीय कार्यक्रमका आयोजन गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपाल (गीताप्रेस नेपाल) द्वारा आयोजित हुने छ।
२०८२ पौष ११ गते शुक्रवारका दिन विहान ५ देखि ६ बजेसम्म नित्यस्तुति प्रार्थना, दिउँसो २ः३० बजे देखि भजन संकीर्तन गीता पाठ र दिउँसो ३ देखि ५ सम्म सत्संगको कार्यक्रम हुने छ ।
२०८२ पौष १२ गते शनिवारका दिन बिहान ५ देखि ६ बजेसम्म नित्यस्तुति प्रार्थना, बिहान ११ बजेदेखि भजन, संकीर्तन गीता पाठ र विहान ११ः३० देखि दिउँसो १ः३० सम्म सत्संगको कार्यक्रम हुने छ ।
विशेष रुपमा सन्त श्री हरिकृष्ण दासजी महाराजको समुपस्थितिमा मिति २०८२ पौष ११ गते शुक्रबारका दिन कागेश्वरी मनोहरामा अवस्थित पाणिनि स्कुलमा विद्यार्थी नानीबाबुहरुसँग विहान ९ः०० बजे सत्संग एवं गीता पाठ र शिक्षक एवं विद्यार्थी नानीबाबुहरुलाई निःशुल्क सरल गीता प्रदान गरिने कार्यक्रम रहेको छ ।































प्रतिक्रिया