निर्मल पौडेल,काठमाडौँ । आठौँ पर्वत महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । यहि पौष ९ गतेदेखी १९ गतेसम्म पर्वत सदरमुकाम कुस्माबजारको बडागाउँमा सम्पन्न प्रतियोगितामा करिब १ लाख दर्शकले अवलोकन गरेका छन् । महोत्सव समापन भएसँगै स्टलहरु र बाल उद्दान सँगै स्टेज उठाउने काम भैरहेको मुल आयोजन समिती अध्यक्ष तथा पर्वत उद्दोग बाणिज्य संघका अध्यक्ष ठाकुर वि पौडेलले जानकारी दिए । यसपालिको महोत्सवमा विशेष गरी स्थानियता लाई प्रथामिकतामा राखियो पौडेलले भने, “ आम्दानी गर्ने भन्दानी स्थानिय कृषी उद्दोग, व्यापार ,व्यावसाय,कला, संस्कृती र साना तथा मझौला उद्दोेग व्यावसायी लाई प्रमोट गर्ने कुरामा लागियो । नाफा घाटा हिसाब हुँदैछ ।” पौडेलले भने । “पर्वत महोत्सवले हाम्रो मौलिक संस्कृति, लोकपरम्परा र सिर्जनशीलतालाई एकै थलोमा उजागर गरेको छ। स्याङ्जा–कास्की प्रतिष्ठानसँगको सहकार्यमा सम्पन्न यो महोत्सवले जिल्लाबीचको सांस्कृतिक एकता बलियो बनाएको छ। रोधी घरजस्ता मौलिक पहिचानको संरक्षण र प्रवर्द्धन गर्नु नै हाम्रो मुख्य उद्देश्य हो, र यसपटकको सहभागिता तथा उत्साहले त्यो उद्देश्य सफल भएको प्रमाणित गरेको छ।” यस्तै पौडेलले सोचेअनुसार आम्दानी गर्न नसकिएको स्वीकार गर्दै अधिकांस स्टल निशुल्क दिएको र स्थानिय लाई प्राथमिकता संगै साना उद्दोग र किसान लाई प्राथमिकता दिनुका पछाडी स्टल संङ्ख्या कम भएको केन्द्रविन्दुलाई बताए ।
यस्तै महोत्सव प्रचासप्रसार समिती संयोजक खड्ग प्रसाद खनालका अनुसार विगतका दिनहरुमा भन्दा यसपालीको महोत्सवमा मीतव्ययीताका साथ आर्थिक रुपमा सम्पन्न भएको छ। उनले भने “ विगतमा भन्दा धेरैनै संयमता अपनाएर महोत्सव सम्पन्न गर्न सफल भयौँ, महोत्सव सफल बनाउन सहयोग गर्ने सवैमा हार्दिक धन्यवाद ।”
खनालले फेरी भने “आठौँ पर्वत महोत्सवलाई भव्य र सफल रूपमा सम्पन्न गराउन सबै पक्षको सहयोग अमूल्य रह्यो। आर्थिक व्यवस्थापन चुनौतीपूर्ण भए पनि पारदर्शिता, अनुशासन र टिमवर्कका कारण महोत्सवलाई घाटामुक्त र व्यवस्थित रूपमा सञ्चालन गर्न सफल भयौँ। स्थानीय व्यवसायी, प्रायोजक, स्वयंसेवक तथा दर्शक–भगवानहरूको विश्वास र साथकै कारण यो सम्भव भएको हो। सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।”
महोत्सवमा आयोजित खुल्ला लोक तथा दोहोरी गीत प्रतिष्ठान स्याङ्जा प्रथम, दोस्रो दरबार रोधी घर काठमाण्डौ,तेस्रो दिलिप मानन्धरको समुह स्याङ्जा र सान्वना कास्की प्रतिष्ठान भएका छन् । प्रथम हुनेले रु एक लाख ३३ हजार र प्रमाणपत्र , दोस्रो हुनेले रु ५० हजार र प्रमाणपत्र, तेस्रो हुनेले रु २५ हजार र प्रमाणपत्र यस्तै सान्वना स्थान हुनेले रु १२ हजार ५ सय हात पारेका छन् ।
महोत्सवमै रोचक मानिएको खुल्ला सुन्तला खाने प्रतियोगितामा कुश्मा नगरपालिका ३ दुर्लुङका पुजन थापा मगर प्रथम भएका छन्। उनले सबैभन्दा छिटो सुन्तला खाएर किर्तीमानी राख्न सफल हुनुका साथै उत्कृष्ट पुरस्कार हात पारे । महोत्सवमा स्थानिय कला संस्कृती र स्थानिय कृषी उपज उत्पादन र साना तथा घरेलु उत्पादनलाई प्राथमिकता दिईएको थियो ।
स्थानिय तथा राष्ट्रिय स्तरका कलाकारहरुको साँगितिक प्रस्तुती रहेको महोत्सवमा कार्यक्रम सञ्चालन लोक तथा दोहोरी गायक कृष्ण अखेलीले गरेका थिए ।





























प्रतिक्रिया