वीरगञ्जमा निषेधज्ञा थप, सुरक्षा सतर्क

वीरगञ्जमा निषेधज्ञा थप, सुरक्षा सतर्क

केन्द्रबिन्दु
24
Shares

वीरगन्ज । धनुषाको मस्जिद तोडफोड र धार्मिक ग्रन्थ जलाउने घटनापछि वीरगन्जमा जारी निषेधज्ञाको समय साँझ ६ बजेसम्म विस्तार गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार, पछिल्लो तनाव र दुई फरक समुदायबीच बढ्दो अशान्तिलाई ध्यानमा राख्दै प्रशासनले यो कदम उठाएको हो।

धनुषाको कमलमा–६ सखुवा मराडस्थित मस्जिदमा शनिबार भएको तोडफोड र कुरान जलाउने घटनापछि आइतबारदेखि प्रदर्शन सुरु भएको थियो।

प्रशासनले अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन र आवतजावत सुरक्षाकर्मीसँग समन्वयमा गर्न नागरिकलाई अनुरोध गरेको छ।

Skip This
Skip This
Logo