गण्डकी। कास्कीको क्षेत्र नं ३ अन्तर्गत अन्नपूर्ण गाउँपालिका–११ छुमरुङमा रहेको मतदानस्थलमा हालसम्म सडक पहुँच पुगेको छैन । उक्त मतदानस्थल पुग्न झिनुदेखि करिब दुई घण्टा पैदल हिँड्नुपर्ने जानकारी सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले दिएका छन् ।
धौलाश्री मावि मतदानस्थलमा ७८५ मतदाता छन् । मतदाताहरू घुर्जुङबाट साढे दुई घण्टा, किम्रुङ खोलाबाट दुई घण्टा र सिनुवा क्षेत्रबाट दुई घण्टा पैदल हिँडेर मतदानस्थल पुग्छन् । अशक्त मतदाताहरूले घोडाको प्रयोग गरेर मतदानस्थल पुग्ने गरेका छन् भन्ने जानकारी छुमरुङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङले दिएका छन् ।
जिल्लाभरि कुल १५३ मतदानस्थलमध्ये १३६ वटा विद्यालयमा छन् भने १४ वटा वडा कार्यालय र तीनवटा सामुदायिक भवनमा रहेका छन् । मतदानस्थलको पूर्वाधार र सुरक्षा व्यवस्थाको अनुगमन पनि भइरहेको छ।
बीचमा माछापुच्छ्रे र रुपा गाउँपालिकाका मतदानस्थलको अनुगमन पूरा भइसकेको छ भने अन्नपूर्ण गाउँपालिका र पोखरा महानगरका केही मतदानस्थलको अनुगमन भइरहेका छन् ।































प्रतिक्रिया