धादिङ बस दुर्घटना : २८ जनाको भयो सनाखत

धादिङ बस दुर्घटना : २८ जनाको भयो सनाखत

केन्द्रबिन्दु
75
Shares

काठमाडौँ । पोखराबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस धादिङ स्थित त्रिशुली नदिमा खस्दा १७ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।

आज बिहान करिब १ः३० बजे ग १ ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको थियो।

बस दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव निकालिएको र घाइते २८ जनालाई उद्धार गरेर विभिन्न अस्पताल लगिएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिएका छन् ।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइते २८ जनाको सनाखत भएको छ । मृतकको सनाखत हुन बाँकी छ ।
घटनास्थलमा तीन वटै सुरक्षा निकायको समन्वयमा उद्धारको काम भइरहेको प्रहरीले बताएको छ ।

Logo