रैनादेवीमा २०० मिटर तल खस्यो टिपर,चालकको मृत्यु

रैनादेवीमा २०० मिटर तल खस्यो टिपर,चालकको मृत्यु

केन्द्रबिन्दु
57
Shares

काठमाडौं। पाल्पाको रैनादेवीमा टिपर दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

बुधबार बेलुकी सवा ९ बजे रैनादेवी छहरा गाउँपालिका–१मा सिद्धेश्वरबाट सर्देवा जाँदै गरेको लु २ ख २००१ नम्बरको टिपर सडकबाट झन्डै २०० मिटर तल खस्दा चालकको ज्यान गएको हो ।

दुर्घटनामा टिपर चालक रैनादेवी छहरा गाउँपालिका – ३ भुवनपोखरीका ३४ वर्षीय खिमबहादुर सोमईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डिएसपी होमप्रकाश चौधरी जानकारी दिएका छन् ।

गम्भीर अवस्थामा रहेका उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेजमा पु¥याइएको थियो। चिकित्सकले चेकजाँच गरी मृत घोषणा गरेको डिएसपी चौधरीले जानकारी दिए।

दुर्घटना बारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Logo