मध्यपूर्व तनावका कारण २७ अन्तर्राष्ट्रिय उडान रद्द

मध्यपूर्व तनावका कारण २७ अन्तर्राष्ट्रिय उडान रद्द

केन्द्रबिन्दु
24
Shares

काठमाडौं। मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार हुने २७ वटा अन्तर्राष्ट्रिय उडान रद्द गरिएको छ। विमानस्थल कार्यालयका अनुसार यो कदम यात्रु सुरक्षा सुनिश्चित गर्न उठाइएको हो।

आइतबार कुल ७१ वटा अन्तर्राष्ट्रिय उडान प्रस्थान र आगमन सहित हुँदै थिए। रद्द भएका उडानमा कतारको हमाद, संयुक्त अरब इमिरेट्सको दुबई र शारजाह, साउदी अरेबियाको किङ खालिद र किङ फहद, कुवेत र ओमानको मस्कट विमानस्थल जाने उडानहरू समावेश छन्।

विमानस्थलले यात्रुहरूलाई सुरक्षित यात्रा सुनिश्चित गर्न वैकल्पिक व्यवस्था मिलाउने बताएको छ। यसले नेपालबाट मध्यपूर्व जाने र फर्किने यात्रुहरूमा प्रभाव पारेको छ।

Logo