मुस्ताङमा मोटरसाइकल दुर्घटनामा परी निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु

मुस्ताङमा मोटरसाइकल दुर्घटनामा परी निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु

केन्द्रबिन्दु
9
Shares

बागलुङ। मुस्ताङमा प्रतिनिधिसभा निर्वाचनका लागि खटिएका एक कर्मचारीको मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ।

थासाङ गाउँपालिका–२ खन्तीमा ग ७ प १४८६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मुस्ताङ भन्सार कार्यालयमा कार्यरत ३२ वर्षीय सुनिल घतानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

आइतबार राति करिब ८ बजे दुर्घटनामा गम्भीर घाइते भएका घतानेको प्रदेश अस्पताल मुस्ताङमा उपचारका क्रममा मृत्यु भएको प्रमुख प्रहरी नायव उपरीक्षक छिरिङकिप्पा लामाले जानकारी दिइन्। शव अस्पतालमै राखिएको छ।

घताने बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–२ झोङस्थित जनप्रिय आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका थिए। ड्युटीमै खटिएका कर्मचारीको मृत्यु भएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले तत्काल अर्को कर्मचारी खटाइएको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Skip This
Skip This
Logo