नयाँबानेश्वरमा टिपरको ठक्करबाट एक सरकारी कर्मचारीको मृत्यु

नयाँबानेश्वरमा टिपरको ठक्करबाट एक सरकारी कर्मचारीको मृत्यु

केन्द्रबिन्दु
63
Shares

काठमाडौँ  ।काठमाडौंको नयाँ बानेश्वरमा  मृत्यु हुने व्यक्ति सरकारी कर्मचारी भएको खुलेको छ ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार मृतक सुनसरीको इनरुवा नगरपालिका– ५ स्थायी घर भई हाल भक्तपुरको लोकन्थली बस्ने ४८ वर्षका बद्रि कोइराला हुन् । उनी नायब सुब्बा पदका कर्मचारी भएको खुलेको एसपी भट्टराईले जानकारी दिए ।

प्रदेश ३–००१ ब. ९४५ नम्बरको सरकारी नम्बरको स्कुटरमा सवार कोइरालालाई आज बिहान ८:४५ बजे बा. २ क ३२२९ नम्बरको टिपरले सिभिल अस्पताल अगाडि ठक्कर दिएको थियो । फोहोर बोक्ने टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि सिभिल अस्पताल लगिएको थियो ।

उनलाई बिहान ८:५५ बजे चिकित्सकले मृत घोषणा गरेको एसपी भट्टराईले जानकारी दिए ।

Skip This
Skip This
Logo