कारागारबाट छुटे दीपक मनाङे

कारागारबाट छुटे दीपक मनाङे

केन्द्रबिन्दु
75
Shares

काठमाडौं। गण्डकी प्रदेशका पूर्व सांसद दीपक मनाङे उर्फ राजीव गुरुङले कैद सजाय पूरा गरी कारागारबाट बुधबार छुटेका छन्।

मनाङे पाँच वर्ष जेल सजाय भुक्तान गर्नुपर्ने दोषी ठहर भई डिल्लीबजार कारागार चलान भएका थिए। २०७४ मा सर्वोच्च अदालतले उनलाई पुनरावेदनको मौका दिन थुनामुक्त गरेको थियो, त्यसपछि उनले थुनाबाहिर बसेर मुद्दा लड्दै आए।

उनको समूहले २०६१ वैशाख ३१ मा काठमाडौँको महाराजगञ्जमा चक्रे मिलन समूहसँग ‘ग्याङ फाइट’ गर्दै धारिलो हतियार प्रहार गरेको आरोप थियो। यस क्रममा चक्रे मिलनको बायाँ हात घाइते भएको थियो।

सर्वोच्चले २०८१ कात्तिक २० गते उच्च अदालत पाटनको फैसला सदर गरेपछि मनाङे बाँकी कैद सजाय पूरा गरी कारागारबाट छुटेका हुन्।

Skip This
Skip This
Logo