मानव तस्करबाट कम्बोडियामा फसेका १६ नेपालीको उद्धार

मानव तस्करबाट कम्बोडियामा फसेका १६ नेपालीको उद्धार

केन्द्रबिन्दु
18
Shares

काठमाडौं। मानव तस्करको जालमा परेर कम्बोडिया पुगेका १६ जना नेपालीलाई उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावास, कम्बोडिया सरकार र गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको सहकार्यमा उनीहरूलाई बिहीबार स्वदेश ल्याइएको हो।

दूतावासका अनुसार ती नेपालीलाई कम्बोडियामा अवैधरूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्र र क्यासिनोमा काम गर्न बाध्य पारिएको थियो। कतिपय भने भिसा म्याद सकिएपछि पनि त्यहाँ अलपत्र परेका थिए।

राजदूतावासले अझै पनि त्यहाँ समस्यामा परेका अन्य नेपालीको उद्धार प्रयास जारी रहेको जनाएको छ। साथै छिटो पैसा कमाउने प्रलोभनमा परेर मानव तस्करको जालमा नपर्न सर्वसाधारणलाई सचेत गराएको छ।

Logo