मनकामनाबाट फर्केको माइक्रो करनटारमा दुर्घटना, ७ भारतीयको मृत्यु

मनकामनाबाट फर्केको माइक्रो करनटारमा दुर्घटना, ७ भारतीयको मृत्यु

केन्द्रबिन्दु
0
Shares

गोरखा। मनकामना मन्दिर दर्शन गरेर फर्किएको ईभी माइक्रो बस करनटारमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। दुर्घटनामा मृत्यु हुने सबै भारतीय नागरिक रहेका छन्।

शनिबार गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा मनकामनाबाट फर्किंदै गरेको बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो बस सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

माइक्रोमा चालक र सहचालकसहित १४ जना सवार रहेको जानकारी छ। घटनास्थलमै सात जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ।

प्रहरीका अनुसार माइक्रोमा सवार अधिकांश भारतीय नागरिक मनकामना मन्दिर दर्शनका लागि आएका थिए। दुर्घटनापछि प्रहरी र स्थानीयको सहयोगमा उद्धार कार्य गरिएको हो।

Skip This
Skip This
Logo