तुइन खोलामा पहिरो जोखिम घटाउन ‘फ्लड लाइट’ जडान

तुइन खोलामा पहिरो जोखिम घटाउन ‘फ्लड लाइट’ जडान

केन्द्रबिन्दु
0
Shares

भरतपुर। नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा पहिरो जोखिम कम गर्न दुईवटा फ्लड लाइट जडान गरिएको छ। सडकमा ढुङ्गा खस्ने सम्भावना भएकाले रातमा पनि उक्त ठाउँ स्पष्ट देखिने गरी लाइट जडान गरिएको हो।

सडक डिभिजन भरतपुरका सबइन्जिनियर हरिकुमार श्रेष्ठका अनुसार विद्युत् प्राधिकरणसँग समन्वयमा शनिबार फ्लड लाइट जडान गरिएको हो। लाइट जडान भएपछि पहिरो वा ढुङ्गा खसेको अवस्था सहजै देख्न सकिनेछ।

श्रेष्ठले सडकखण्डमा ओभरटेक नगरी संयमित रूपमा यात्रा गर्न चालक र यात्रुलाई आग्रह गर्नुभयो। गत वर्षायाममा निरन्तर पहिरोले सडक अवरुद्ध भएको र केही दिनअघि मात्र काठमाडौँ–काँकडभिट्टा जाने रात्रिबसको क्याबिनमा ढुङ्गा खसेको भए पनि चालकको सतर्कताले दुर्घटना टरेको थियो।

Skip This
Skip This
Logo