अदालतको अवहेलना मुद्दामा महेश बस्नेतसँग लिखित जवाफ माग

अदालतको अवहेलना मुद्दामा महेश बस्नेतसँग लिखित जवाफ माग

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतसँग अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ मागेको छ ।

न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले बस्नेतसँग अदालतको अवहेलना मुद्दामा लिखित जवाफ माग्ने आदेश दिएको हो ।

प्रेस चौतारी नेपालले माघ ११ गते गरेको कार्यक्रममा बस्नेतले ‘प्रधानन्यायाधीश लगायतका न्यायाधीश ज्यूहरू लाग्दै नलागेको रोग लागेर गायब हुने, न्यायिक प्रक्रिया आतङ्कित भएर, डराएर अथवा लोभ प्रलोभनमा परेर अथवा हस्तक्षेप भएर प्रक्रिया ढिला गर्ने, न्याय नदिने, दबाबमा पर्ने, भोलि महाअभियोग आउला भन्ने अथवा राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिको सामु डराउने, प्रधानन्यायाधीश लगायतका न्यायाधीशज्यूहरू फोन अफ गर्ने, पन्छिने’ भनी अभिव्यक्ति दिएको रिट निवेदनमा उल्लेख छ ।

Logo