बागलुङ। मध्यपहाडी लोकमार्गमा बुधबार भएको जिप दुर्घटनामा चालकसहित सात जना घाइते भएका छन्। गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको बोलेरो जिप अनियन्त्रित भई सडक छेउको नालीमा पल्टिएको हो।
दुर्घटनामा चालक यादव खत्रीसहित यात्रुहरू घाइते भएका छन्। अधिकांशको टाउको, हात र घाँटीमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।
घाइते सबैको धौलागिरी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था खतरा बाहिर रहेको जनाइएको छ।
प्रहरीका अनुसार जिप अनियन्त्रित हुनुले दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको छ।































प्रतिक्रिया