काठमाडौं। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित केबुलकार गेट नजिकै ट्रक दुर्घटना भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन्।
आँबुखैरेनीबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १९६३ नम्बरको मालबाहक ट्रक अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो। दुर्घटनामा परी ट्रकमा सवार दुई जना घाइते भएका र उनीहरूको डुम्रेस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया