काभ्रेपलाञ्चोक। अविरल वर्षासँगै रोशी खोला बढेर अवरुद्ध भएको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ ।
पानीको बहाव कम भएपछि र बगाएको स्थान मर्मत गरेपछि सवारी आवागमन सुरु गरिएको प्रहरीले जनाएको छ । वर्षा हुने सम्भावना रहेकाले सावधानी अपनाएर मात्र यात्रा गर्न आग्रह गरिएको छ ।
रोशी गाउँपालिकाका विभिन्न स्थानमा खोलाले अस्थायी डाइभर्सन बगाएपछि सडक विभाग र स्थानीय तहको समन्वयमा मर्मत गरी यातायात खुलाइएको हो ।





























प्रतिक्रिया