उर्लाबारीमा दुई बस ठोक्किँदा १३ घाइते

उर्लाबारीमा दुई बस ठोक्किँदा १३ घाइते

केन्द्रबिन्दु
18
Shares

मोरङ। मोरङको उर्लाबारीमा शनिबार दुई यात्रुबाहक बस आपसमा ठोक्किँदा १३ जना घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गको आइतबारे क्षेत्रमा विपरीत दिशाबाट आइरहेका दुई बस ठोक्किँदा दुर्घटना भएको हो। घाइतेहरू झापा, मोरङ र सुनसरीका रहेका छन्।

घाइतेलाई तत्काल उद्धार गरी उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचार गरिएको छ। केही उपचारपछि घर फर्किएका छन् भने बाँकीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दुवै बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ।

Skip This
Skip This
Logo