तानसेन। पाल्पाको माथागढी गाउँपालिका–७ रहबासस्थित झडेवा–रहबास भित्री सडकखण्डमा भएको ट्रिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ।
शनिबार बेलुकी लु२ख ४५२५ नम्बरको खाली ट्रिपर सडकबाट करिब ५० मिटर तल खसेको थियो। दुर्घटनामा घाइते भएकामध्ये उपचारका क्रममा थप एक जनाको मृत्यु भएपछि मृतक संख्या चार पुगेको हो।
मृतकमध्ये अर्घाखाँची शीतगङ्गा–४ का २६ वर्षीय चिन्ताबहादुर सुनार र २६ वर्षीय सुनिल विक, रुपन्देही देवदह–२ का २६ वर्षीय सुनिल नेपाली तथा तानसेन–१० का ३३ वर्षीय राजन चिदी रहेका छन्। चिदीको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
झडेवाबाट रहबासस्थित चुनढुङ्गा खानीतर्फ जाँदै गरेको ट्रिपर अनियन्त्रित भई दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





























प्रतिक्रिया