काठमाडौँ । नेपाल प्रहरीका नायव निरीक्षक (सई) नन्दलाल चौधरी विश्वको पाँचौँ तथा नेपालको चौथो अग्लो हिमाल मकालु आरोहणका लागि तयारी अवस्थामा रहेका छन्।
उक्त अभियानलाई सफल बनाउन प्रहरी प्रधान कार्यालयले उनलाई औपचारिक रूपमा शुभकामना प्रदान गर्दै आवश्यक राष्ट्रिय तथा संस्थागत झण्डा हस्तान्तरण गरेको छ।
सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले चौधरीलाई राष्ट्रिय झण्डा र प्रहरी संगठनको झण्डा प्रदान गरेका हुन्। कार्यक्रममा उपस्थित उच्च प्रहरी अधिकारीहरूले समेत उनको आरोहण सफल रहोस् भन्ने शुभेच्छा व्यक्त गरेका थिए।
कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले चौधरीलाई सुरक्षित र सफल आरोहणको कामना गर्दै उच्च मनोबलका साथ अभियान अघि बढाउन आग्रह गरे। उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, केन्द्रीय प्रवक्ता तथा अन्य वरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको थियो।





























प्रतिक्रिया