काभ्रे ।रोशी खोलाको बाढीले पूर्ण रूपमा अवरुद्ध बनेको बीपी राजमार्ग आइतबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ ।
शुक्रबार साँझ आएको बाढीले डाइभर्सन बगाउँदा राजमार्ग ठप्प बनेको थियो, जसका कारण सयौं सवारी साधन बीच बाटोमै अलपत्र परेका थिए । सडक डिभिजन र सुरक्षाकर्मीको सक्रियतामा रातदिन काम गरेर अस्थायी डाइभर्सन तयार पारिएपछि अहिले सवारी आवागमन पुनः सुरु गरिएको हो ।
यद्यपि, सडक अझै जोखिममै रहेकाले प्रहरीले यात्रुलाई अत्यधिक सतर्कता अपनाउन आग्रह गरेको छ । पटक–पटक बाढी र पहिरोले प्रभावित बन्दै आएको बीपी राजमार्गमा दीर्घकालीन समाधान अझै चुनौतीकै रूपमा रहेको देखिएको छ ।





























प्रतिक्रिया