काठमाडौँ । सरकारले सम्वत् २०८२ भाद्र २४ गते घटेको घटनाको सत्यतथ्य छानबिन गर्न एक हप्ताभित्र उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शासकीय सुधारसम्बन्धी सय कार्यसूचीअन्तर्गत उक्त व्यवस्था गरेको हो। सोअनुसार गठन हुने समितिलाई घटनासम्बन्धी सम्पूर्ण विवरण सङ्कलन, विश्लेषण तथा जिम्मेवार पक्षको पहिचान गर्ने कार्यादेश दिइनेछ।
समितिले निश्चित समयसीमाभित्र प्रतिवेदन पेश गर्नेछ भने त्यसका आधारमा आवश्यक थप अनुसन्धान, कारबाही तथा अभियोजन प्रक्रिया अघि बढाइने सरकारको तयारी रहेको छ।





























प्रतिक्रिया