काठमाडौँ । सरकारले अनलाइन आवेदन प्रणालीलाई सहज र पहुँचयोग्य बनाउन नागरिक एपमार्फत आवेदन दिने व्यवस्था मिलाउने निर्णय गरेको छ।
यस अन्तर्गत, नागरिक एपमार्फत आवेदन गर्दा व्यक्तिले आफ्नो फोनमा रहेको एपबाट प्राप्त विवरण वा अन्य सरकारी प्रणालीबाट उपलब्ध विवरणको आधारमा आवेदन भर्ने सुविधा उपलब्ध गराइनेछ।
तर, नागरिक एपले आवेदनकर्ताको व्यक्तिगत संवेदनशील विवरण स्वतः परिवर्तन वा प्रमाणित गर्न भने नपाउने व्यवस्था रहनेछ। यस प्रणालीमार्फत प्रहरी प्रतिवेदन, राहदानी र सवारीचालक अनुमति पत्रका लागि आवेदन दिन सकिने व्यवस्था ४५ दिनभित्र लागू गरिने छ।





























प्रतिक्रिया