गैँडाकोटमा तीन सवारी ठोक्किँदा १२ जना घाइते

गैँडाकोटमा तीन सवारी ठोक्किँदा १२ जना घाइते

केन्द्रबिन्दु
15
Shares

मध्यविन्दु। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा १२ जना घाइते भएका छन् ।

गैँडाकोट नगरपालिका–९ हनुमान मन्दिर नजिक आज बिहान नेपालगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको लु प्र ०१–००१ख ०९१० नम्बरको बसले गैँडाकोटबाट भेडाबारीतर्फ जाँदै गरेको बा प्र ०१–०२८च ५००४ नम्बरको पिकअप भ्यान र सोही दिशातर्फ जाँदै गरेको बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका अनुसार जानकारी छ ।

दुर्घटनामा ट्रक चालक रामेछाप खाँडादेवी गाउँपालिका–४ का ३२ वर्षीय इन्द्र तामाङ, पिकअप चालक चितवन भरतपुर महानगरपालिका–१२ का ३३ वर्षीय दर्शन काप्री र बस चालक बाँके नेपालगन्ज उपमहानगरपालिका–२० का ४१ वर्षीय मोहनसिंह बलामी मगर घाइते भएका छन् ।

बसमा सवार अन्य नौ जना यात्रु पनि सामान्य घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि चितवन लगिएको छ ।दुर्घटनापछि केही समय अवरुद्ध भएको यातायात अहिले सामान्य अवस्थामा सञ्चालनमा आएको छ ।

Logo